लेकसाइडलाई ‘एट ए साइड भेट्रान्स’ फुटबलको उपाधि



कास्की । पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ । पूर्व फुटबल रेफ्री स्व कृष्ण गिरी सम्झनामा यही चैत ७ गतेदेखि फेवाताल किनारस्थित बाराहीघाट खेलमैदानमा पहिलो संस्करणको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहँेलो च्याम्पियन बन्न सफल भयो ।

उपाधि विजेता लेकसाइडले ट्रफीसहित एक लाख एक हजार एक सय ११ नगद पायो भने उपविजेता गार्डेनले ५१ हजार एक सय ११ मा चित्त बुझायो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो ।

पेनाल्टी सुटआउटमा लेकसाइडका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार विफल बनाएपछि लेकसाइडले उपाधि चुम्न सफल भयो ।

बस्नेत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित हुँदैै नगद रु पाँच हजार पुरस्कारसमेत पाए । प्रतियोगितामा लेकसाइडका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै रु १० हजार नगद पुरस्कार पाउनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रूपमा एनए भेट्रानका कन्या गुरुङले रु पाँच हजार पाए । अनुशासित टिम लेकसाइड सेतोले रु १० हजार पुरस्कार पायो । उत्कृष्ट प्रशिक्षकका रूपमा लेकसाइडका राम भुजेल घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको

अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

  सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

ललितपुर वुमन्स च्याम्पियन्ससिपमा ललितपुर –११को विजयी सुरुवात

काठमाडौं । ललितपुर वुमन्स च्याम्पियन्ससिप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको

सेनाका रावल र एपीएफकी भण्डारीलाई कर्णाली हाफ म्याराथनको उपाधि

कर्णाली । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावल र