प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए ।

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्सलाई

  कास्की । कास्कीमा सम्पन्न तेस्रो संस्करणको ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्स

तीन तहमा वर्गीकरण गरी खेलकुदको विकास गरिने

  काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको खेलकुद सम्बन्धी

पेरिस ओलम्पिकका लागि सोमबारदेखि खेलाडी छनोट

काठमाडौं । फ्रान्समा यसै वर्ष हुने पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल बैशाख

सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको