मुस्ताङमा तोरन्ल गोल्डकप सुरु



म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका दुई सय ३२ खेलाडी सहभागी छन् ।

एउटा समूहमा सात खेलाडी रहने छन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको बिहीबार प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे ।

समितिले प्रत्येक तीन–तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । प्रतियोगिता सञ्चालन गर्न समितिले तीन वर्षअघि ५१ लाखको अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताका विजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु एक लाख पुरस्कार पाउनेछन् ।

दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश ५० हजार, २५ हजार र १० हजार पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिनुभयो । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य विकल शेरचन र विमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् ।

परापूर्वकालमा खेतीबाली लगाएर थन्क्याएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करिब डेढ सय मिटर वारिपारि राखिएका दुईवटा फल्याकमा तीर हान्ने गरिन्छ ।

जुन समूहले धेरैपटक फल्याकमा तीर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तीर कोपेपछि गोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपूर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित घाँसा बजार परिक्रमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ