एनआरटी बुढासुब्बा गोल्डकपको उपाधि नजिक



विराटनगर । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधिनजिक पुगेको छ ।उपाधिका लागि शनिबार एनआरटी र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

धरान रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै एनआरटीले एन्फा मोरङसँग फाइनलमा भेट पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । एनआरटीका गोलरक्षक प्रमञ्जय गच्छदारले काँकडभिट्टाका विशाल घलानको प्रहार बचाएका थिए । काँकडभिट्टाका दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत भएको थियो ।

यसैगरी, एनआरटीका जय गुरुङ, सरोज तामाङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गरेका थिए ।

निर्धारित समयको ४४औं मिनेटमा फोडेफोफनाले गोल गरेर काँकडभिट्टालाई अग्रता दिलाएको ३ मिनेट बित्न नपाउँदै अतिरिक्त ३ मिनेट थपिएको समयमा एनआरटीका सरोज तामांगले फ्रिकिक मार्फत् गोल गरेर खेललाई बराबरी पुर्याएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । शनिबार हुने फाइनल खेलको विजेता टोलीले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा

एपिएफद्वारा बागमती पराजित

  काठमाडौँ ।  सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले

आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ ।