एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्यो ।

राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको हो ।

पहिलो लेगमा २–१ गोल अन्तरले इन्टर मिलान विजयी भएको थियो । तर, दोस्रो लेगमा एट्लेटिको मड्रिडले २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो ।

निर्धारित समयको ३३ औं मिनेटमा इन्टर मिलानलाई फेडरिको डिमार्कोले निकोलो बारेलाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, २ मिनेटमै एट्लेटिकोले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरे । ८७ औं मिनेटमा मेफिस डिपेले जर्ज मोरोडियोको पासमा गोल गरेपछि एट्लेटिको मड्रिडले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टीमबाट गोल भएन ।

अतिरिक्त ३० मिनेट थप गरिएको थियो । त्यसमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो । जसमा एट्लेटिकोले ३–२ ले बाजी मार्न सफल भयो । एट्लेटिकोका लागि मेफिस डिपे, रोड्रिगो र एन्जल कोरेराले गरेको प्रहार गोलमा परिणत भएको थियो । उता, इन्टरका लागि हकन चालहानोउ र फ्रान्सेस्को एसरबीले मात्र गोल गरेका थिए । ३ खेलाडीको प्रहार मिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ