कुस्ती प्रवर्द्धन गर्न गण्डकी प्रदेशमा कुस्ती सङ्घ गठन



गण्डकी । कुस्ती खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशमा कुस्ती सङ्घ गठन भएको छ । पोखरामा बुधबार सम्पन्न भेलाले उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा सङ्घको कार्यसमिति गठन गरेको हो । सङ्घको उपाध्यक्षमा योगीता साहनी, सचिवमा दीपकप्रसाद पौडेल र कोषाध्यक्षमा डिल्लीराम सुवेदी रहेका छन् ।  सात सदस्यीय सङ्घको सदस्यमा दीपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ छन् ।

नवगठित कार्यसमितिलाई बधाई दिँदै गण्डकी प्रदेशका पूर्वसांसद दीपक कोइरालाले खेलकुदको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले गण्डकी प्रदेशमा कुस्ती सङ्घ गठन हुनुले प्रदेशको कुस्ती खेल विकासले गति लिने बताउँदै आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।

नेपाल कुस्ती सङ्घका केन्द्रीय सदस्य नवीन आचार्यको अध्यक्षतामा भएको भेलामा शारीरिक सुगठन सङ्घका केन्द्रीय कोषाध्यक्ष बलराम सुवेदीले नवगठित समितिको सफलताको कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ ।