पिएम कप क्रिकेटमा खड्काको शतकमा बैतडी फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने



बैतडी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।

समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको हो । समान तीन खेल जितेको बैतडी अङ्कतालिकाको शीर्ष र कैलाली दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् ।

आइतबार सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउँदै कैलाली फाइनलमा प्रवेश गरेको हो । यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रन रेटमा पछि रहँदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

जितका लागि पाएको दुई सय एक रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन मात्रै बनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले ।

उनले ७९ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्दतमा एक सय १० रन जोडे । जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडीसमेत बने । कैलालीका लागि शेर मल्लले चार र कप्तान नारायण जोशीले दुई विकेट हात पारे ।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३० ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा दुई सय रन बनायो । उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे । बैतडीका खडक बोहराले तीन विकेट झारे । खडक खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

अब बैतडी र कैलालीबीचको फाइनल खेल मङ्गलबार हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पुस १४ गतेदेखि छनौट प्रतियोगिता सुरु भएको थियोे । छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको टोलीमा समावेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा