ला लिगा फुटबलमा ग्रानडा विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ग्रानडा विजयी भएको छ । गएराति भएको खेलमा ग्रानडाले काडिजलाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रनडाको जितमा मायर्तो उजुनी र ब्रायन जरागोजा मार्टिनेजले एक एक गोल गरेका थिए ।

२२ औं मिनेटमा लुकास वोएको पासमा उजुनीले गोल गर्दै ग्रानडालाई अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको ग्रानडाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो ।

७० औं मिनेटमा कार्लोस नेभाको पासमा ब्रायन मार्टिनेजले गोल गरेपछि ग्रानडा २–० को सहज जित निकाल्न सफल भयो ।
जितपछि ग्रनडा ला लिगाको तालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने काडिज पुछारबाट तेस्रो स्थानमा छ । ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपको अभ्यास खेलमा श्रीलंका विजयी

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ ।

प्रशिक्षणका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

  काठमाडौँ ।  पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो

चौथो ‘रारा ट्रेल रन’को उपाधि राज्य र अक्कललाई

  मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको

वर्षाका कारण नेपाल–अमेरिकाबीचको अभ्यास खेल रद्द

  काठमाडौं । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द