लिभरपुल इएफएल कपको सेमिफाइनलमा



काठमाडौं । इंग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । गएराति अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ । यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए ।

बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित दिलाउन लिभरपुरका कुर्टिस जोन्सले २ गोल गर्दा डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

वेस्टह्यामका जारोड बोविनले एक गोल फर्काए । २८ औं मिनेटमा डोमोनिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा १ गोल ब्यहोरेको थियो ।

५६ औं मिनेटमा कुर्टिसले गोल गर्दै अग्रता दोब्बर बनाए । गाकपोले ७१ औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो ।
७७ औं मिनेटमा वेस्टह्यामा जारोडले गोल फर्काउँदै अन्तर ३–१ बनाएका थिए । यसैगरी मोहमद सलाहले ८२ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढेको थियो ।

८४ औं मिनेटमा कुर्टिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए । अब इएफएल कपको सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ र दोस्रो लेग जनवरी २३ मा हुने छ ।  सेमिफाइनलमा चेल्सी र मिडिल्सवर्ग तथा लिभरपुल र फुलह्यामले खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला