सुवास तामाङलाई इण्डियन गल्फ च्याम्पियनसिपको उपाधि



काठमाडौँ । नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् ।

रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरेका हुन् । सुभाषले शनिबार भएको खेलमा दक्षिण अफ्रिकाका एल्टिन भान डर मर्वलाई पराजित गर्दै फाइनमा पुगेका हुन् । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुवास दोहोरो स्वर्ण पदक विजेतासमेत हुन् ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको