नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे



काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ । काठमाडौं झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । काठमाडौं र झापाको जारी सिजनमा यो दोस्रो बराबरी हो ।

पहिलो खेलमा झापा पराजित हुँदा काठमाडौंले जित निकालेको थियो । काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको काठमाडौं दोस्रो खेलमा चितवन एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

उता झापा एफसी पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजित हुँदा दोस्रो खेलमा पोखरा थन्र्डससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तीन खेलबाट ५ अंक जोडेको काठमाडौं चौथो स्थानमा रहेको छ ।

समान अंकका साथ ललितपुर सिटि एफसी दोस्रो र पोखरा थन्र्डस तेस्रो स्थानमा रहको छ , झापा दुई अंकका साथ आठौं स्थानमा रहेको छ । सात अंकका साथ धनगढी शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय