एशियाली खेलकुदमा एक सय पाँच स्वर्णसहित चीनको अग्रता, जापान दोस्रो स्थानमा



 

हाङझाउ । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ ।

गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेको छभने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २६ स्वर्ण, २८ रजत र ४८ कास्य गरी एक सय दुई पदक जितेको छ ।

बिहीबारको तुलनामा भारतले शुक्रबार केही प्रगति गरेको छ । शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई ०८ स्वर्ण, १२ रजत र १३ वटा कास्य पदक दिलाएर एशियाडमा राष्ट्रको गरिमा बढाएका छन् ।

एशियाडको पछिल्लो पदक तालिकाअनुसार  पाँचौ स्थानमा रहेको थाइल्याण्डले  ८ स्वर्ण, ३ रजत र ९ कास्य जितेको छभने ७ स्वर्ण, १० रजत र १५ कास्य जितेर बिहीबार चौथो स्थानमा रहेको उज्वेकिस्तान शुक्रबार छैटौ स्थानमा झरेको छ ।

पाँच स्वर्ण, १३ रजत र १८ वटा कास्य पदक हासिल गरेर हङकङ सातौँ स्थानमा छभने ५ स्वर्ण, ६ रजत र ९ कास्यमा कब्जा जमाएर चाइनिज ताइपेइ आठौँ स्थानमा समेटिएको छ ।

त्यसैगरी तीन स्वर्ण, १० रजत र त्यति नै कास्य जितेर इरान नवौँ र ३ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरी प्रजातान्त्रिक जनगणतन्त्र कोरिया दशौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा