टेबल टेनिसमा नेपाल समुह चरणबाट बाहिरियो



हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो ।

महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन् । यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन् । यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन् ।

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ । पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अकले पराजित भए । अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा