खेल पत्रकारद्वय बोगटी र सुवेदी सम्मानित



 

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेल पत्रकारद्वय मुकुन्द बोगटी र रमेश सुवेदीलाई सम्मान गरेको छ ।

मञ्चको २८औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा  एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेशलाई सम्मान गरेको हो ।

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । सोहीअनुरूप मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई २५ हजारसहित सम्मान गरेको हो । त्यस्तै युवा खेल पत्रकार सुवेदीलाई पुरस्कार स्वरुप एक थान ल्यापटप प्रदान गरियो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी लगायतले पत्रकारद्वयलाई सम्मान गरे ।

सोही अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मञ्चले गरेको यस किसिमको सम्मानले राम्रो संस्कारको विकास भएको बताए ।

त्यस्तै एन्फाका महासचिव किरण राईले नेपाली खेलकुदको विकासमा खेल पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा