एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अविश्वास प्रस्ताव दर्ता



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

एन्फामा ८६ जना सदस्य रहेकोमा ४९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराएका छन् । उनीहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका हुन् । कुल सदस्यको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परेको असन्तुष्ट पक्षको दाबी छ । अहिलेकै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको उनीहरूले बताएका छन् । साधारणसभा बहिष्कार गरेपछि कोरम नै पुगेन भने आजका लागि सारिएको थियो ।

ए,बी र सी डिभिजन लिगका क्लबहरुले एन्फाले भर्चुअल भन्दा पनि भौतिकरुपमा साधारणसभा गराउन माग गर्दै एन्फामा यसअघि पनि ज्ञापन पत्र दिएका थिए । विगतमा कोरोना महामारीका बेला भर्चुअल साधारण सभा गरेको नजिरलाई टेक्दै अहिले पनि त्यसै अनुसार गर्ने संस्थापन पक्षको तयारी थियो ।

तर, कोरोना महामारी पनि नभएको र अहिले कुनै अन्य आपतकालिन अवस्था पनि नरहेकाले क्लबहरुले भौतिक उपस्थितिमा गराउन माग गरेका हुन् । अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आजका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा