कुशलको शतकमा ओमानविरुद्ध नेपालको जित



काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बिहीबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो । ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिए । उनले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाए । यस्तै नेपालका अर्का खेलाडी आसिफ शेखले २४ बलमा २३ रन बनाए । भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । कुशल मल्ल १७ रनमा आउट भए ।

ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेले । त्यस्तै सोयब खानले ६८ बलमा ३८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । करण केसी र प्रतिश जिसीले समान १÷१ विकेट लिए । एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हँुदैछ  । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ