नेपाललाई मलेसियाविरुद्धको टी–२० सिरिज



काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ । आइतबार अन्तिम टी–२० खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ जितेको हो ।मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२ ओभरमा सात विकेट गुमाउँदै भेट्टाएको हो ।

नेपालले १९.२ ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ३४ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान गरिन् ।

त्यस्तै अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १० रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । मलेसियाका लागि एैना हाासिमले दुई तथा माहिरा इज्जाति, विनिफ्रेड दुराईसिंगम, अइसा इलिसा र नुर डानिया सुईहाडाले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो ।

मलेसियाका वेन जुलियाले सर्वाधिक ४६ रन बनाइन् । यसैगरी वेनफर्ड डुरसिंगमले २४ रन बनाउँदा महिरा इज्जती इस्माइलले २० रनको योगदान गरेपछि मलेसियाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । नेपालका लागि कविता जोशीले २ विकेट लिँदा इश्वरी विष्टले एक विकेट हात पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी