विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार टोली घोषणा गरेको हो।

यसअघि बन्द प्रशिक्षणका लागि २२ खेलाडी छनोट गरिएका थिए। उनीहरुमध्ये १६ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ । रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिष जीसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो छन् । असार पहिलो सातादेखि जिम्बाबेमा विश्वकप छनोट प्रतियोगिता हुँदैछ।

१८ जुनदेखि ९ जुलाईसम्म हुने प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली भारतमा हुने विश्वकप खेल्न पाउनेछन्। विश्वकपमा १० टोली प्रतिस्पर्धा गर्नेछन्। जसका लागि आठ टोली छनोट भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको