फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन



एजेन्सी । इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो । रोममा गएराति भएको फाइनल खेलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान च्याम्पियन बनेको हो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १–१ बराबरीमा आईपुगेको थियो ।

त्यसमाथि ३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २–१ को अग्रता दिलाउन सफल भए । तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षवाट गोल हुन नसके पछि २–१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो ।

सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो । युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक विजेता बन्न सफल भएको हो । यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत