साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा



काठमाडौं । आगामी साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ । जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंग्लोरमा हुने प्रतियोगितामा नेपाल घरेलु टिम भारत र आमन्त्रित कुवेतसँगै समूह ‘ए’ मा परेको हो । यो समूहमा नेपालसँगै भारत, कुवेत र पाकिस्तान परेका छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश परेका छन् ।

प्रतियोगिताको ‘ड्र’का लागि सहभागी आठ टिमलाई चार ‘पट’मा विभाजन गरिएको थियो । पट वानमा लेबनान र भारत थिए । पट टुमा कुवेत र माल्दिभ्स, पट थ्रीमा नेपाल र भुटान थिए । पट फोरमा बंगलादेश र पाकिस्तान थिए । प्रत्येक पटका समान एक टिम समूह ‘ए’ र ‘बी’मा छानिएका हुन् ।

प्रतियोगिताको यो संस्करणमा दुई आमन्त्रित र दक्षिण एसियाका ६ गरी आठ टिमको सहभागिता छ । योपटक कुवेत र लेबनान पाहुना टिमका रूपमा सहभागी छन् ।

हालसम्म प्रतियोगिताका १३ संस्करण समाप्त भइसक्दा नेपाल उपाधिविहीन छ । माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलसम्म पुग्नु नै नेपाली टिमले साफ च्याम्पियनसिपमा हासिल गरेको हालसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो । त्यस बेला नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमका रूपमा रहेको भारतले हालसम्म आठपटक उपाधि जितेको छ । माल्दिभ्सले दुईपटक र बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एकपटक उपाधि जितेका छन् । नेपालबाहेक, पाकिस्तान र भुटानले पनि प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा