नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता प्रदान



काठमाडौं । नेपाल रग्बी सङ्घले विश्व रग्बी सङ्घको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसँगै घरेलु गतिविधिमा सक्रियता बढाउँदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले निकै ठूलो परिश्रम र सङ्घर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।

‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल सङ्घ छ भनेर हतार–हतारमा सदस्यता दिँदैन । निश्चित प्रक्रिया पूरा गर्नुपर्छ ।’ एसिया रग्बीका कार्यकारी सदस्यसमेत रहेका सदस्य–सचिव घिसिङले भने, ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागिता, कार्यालय सञ्चालन, कार्यालयमा कर्मचारीको अवस्था, प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ ।’

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सङ्घको मेहनतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको बताउँदै नेपाली रग्बी व्यावसायिकतामा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको