फ्रेन्ड्सलाई पराजित गर्दै जाउलाखेल विजयी



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले दुई गोल गरे भने राहुल र फोडे फोफानाले समान एक–एक गोल गरे ।

पराजित फ्रेन्ड्सका लागि भने श्यामबाबु क्यापछाकीले एक गोल फर्काए । खेलको २०औँ मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको छ मिनेटमा एनकोटोले जावलाखेलको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ६३औँ मिनेटमा उनले पेनाल्टीमार्फ व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता तेब्बर बनाए । पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि जाउलाखेलले पेनाल्टी पाएको थियो । जसको सदुपयोग एनकोटोले गरे ।

त्यस्तै खेलको ८०अ‍ैँ मिनेटमा फ्रेन्ड्स क्लबका श्यामबाबुले एक गोल फर्काए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई ४–१ को जित दिलाए ।

यस जितसँगै जावलाखेलको १७ खेलमा ३० अङ्क भएको छ र अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ । चर्च ब्वाइजको पनि समान ३० अङ्क नै रहेको छ तर हेड टु हेडका आधारमा जाउलाखेल शीर्षस्थानमा रहेको हो । जावलाखेलले चर्च ब्वाइजलाई १–० गोलअन्तरले हराएको थियो । पराजित फ्रेन्ड्स १७ खेलमा १९ अङ्कसाथ ११अ‍ैँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत