मच्छिन्द्रसँग सङ्कटा ३–१ गोलअन्तरले पराजित



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक–एक गोल गरे ।

यता सङ्कटाका लागि भने जुनियर एनकेनगुएले एक गोल फर्काए । खेलको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ६९औँ मिनेटमा मच्छिन्द्रका अर्का खेलाडी ओलावाले गोल गर्दा आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

यसैगरी खेलको ७८औँ मिनेटमा सङ्कटाका खेलाडी जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८९औँ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए ।

यस जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्क जोड्दै अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान १४ खेल नै खेलेको सङ्कटाले १६ अङ्क जोड्दै अङ्कतालिकाको ११औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत