युएई सेमिफाइनलमा



काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्तर्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए ।

बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २/३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए ।

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई/दुई विकेट लिए । यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा

एपिएफद्वारा बागमती पराजित

  काठमाडौँ ।  सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले

आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ ।