चर्च ब्वाइजलाई हराउँदै आर्मीको जित



काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले निर्णायक गोल गरे ।

जिलेस्पीले खेलको १२ औँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल सावित भयो । प्रतियोगितामा आर्मीको यो पाँचौँ जित हो । आर्मीले १२ खेलमा १९ अङ्क जोडेको छ । यससँगै आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता चर्च ब्वाइजको भने यो दोस्रो हार हो । चर्च ब्वाइज १२ खेलमा १८ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले मनाङ मस्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे । उनले खेलको सातौँ मिनेटमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा

एपिएफद्वारा बागमती पराजित

  काठमाडौँ ।  सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले

आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ ।