वर्षाका कारण नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा हुने भनिएको खेल वर्षाका कारण टस हुन नसकी रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र साउदी अरेबियाले अंक बाँडे्का छन् । मूलपानीको माथिल्लो मैदानमा बिहान साढे आठ बजे हुनु पर्ने टस वर्षा कारण हुन सकेको थिएन् ।

समूह ‘ए’ मा रहेका नेपाल र साउदी अरबबीचको खेल मूलपानी मैदानमा अहिले ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो । खेल रद्द भएपछि नेपालले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको छ । समुह ए मा नेपाल तीन खेलबाट पाँच अंक बनाउँदै एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाएको हो ।

दोस्रो स्थानमा रहेको ओमानको तीन खेलबाट चार अंक रहेको छ । त्यस्तै साउदी अरेविया तीन अंक सहित तेस्रो, चौथो स्थानमा रहेको मलेसियाको दुई अंक रहेको छ । समुहको पुछारमा रहेको कतारले खाता खोल्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

  काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम

हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको