एसीसी प्रिमियर कप क्रिकेट वर्षाका कारण प्रभावित



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ