सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा सञ्जयलाई अग्रता



काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौँ प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामाले ६-अन्डर ६६ को प्रदर्शन सहित शीर्षस्थानमा रहँदै अग्रता लिएका छन्।

गोकर्ण गल्फ क्लबमा पहिलो दिन रबि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन्। रबि र राजेन्द्रले पहिलो १८ होलको खेल ३–अन्डर ६९ मा सकाउँदै संयुक्तरूपमा दोस्रो स्थान बाँडे।

प्रोफेसनल गल्फर भुबहादुर गुरुङ तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र छैटौँ प्रतियोगिताका विजेता एमेच्योर सदभाव आचार्य २-अण्डर ७० सहित संयुक्तरूपमा चौथो स्थानमा छन्।

सूर्य नेपाल प्रालिको प्रायोजन तथा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा प्रो तोरण बिक्रम शाही तथा एमेच्योर गल्फरहरू युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठ आइनहाउसले १-अण्डर ७१ सहित संयुक्तरूपमा सातौँ स्थान बाँडे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ