नरपथगञ्जलाई मिल्स टि–२० क्रिकेटको उपाधि



विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ ।
विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले एक लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ५१ हजार प्राप्त गरेको छ ।

एक सय ५८ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशवलम दुई बलमा सात विकेट गुमाई पूरा गर्यो । नरपथगञ्जका भानु आन्दले ३५ बल खेल्दै छ छक्का र चार चौका प्रहार गर्दै ६३ रन बनाए । उनी प्लेयर अफ द म्यान घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरे । नरपथगञ्जका विजय भारतीले ३६ रन र साहिल कुमारले २५ रनबताए ।

विराटनगरका विधान गोस्वामीले चार विकेट लिए भने साकिबुल गनीले दुई र मोहित कुमारले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । विराटनगरका रोहन बिकेले ४४ रन, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका लागि अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान दुई÷दुई विकेट लिए ।

उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए भने उत्कृष्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव बने । प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषितभए । उनीहरुले जनही १५ हजार प्राप्त गरे । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले नगद पाँच हजार प्राप्त गरे ।

बिजेता टोलीलाई नेपाल क्रिकेट सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह र वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ