फ्रेन्ड्सलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शुक्रबार भएको छैटौं चरणको अन्तिम खेलमा फ्रेन्ड्समाथि २–० गोल अन्तरको जित दर्ता गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङले ६ खेलबाट १४ अंक बनाएको छ ।

जारी लिगमा मनाङ अपराजित रहेको छ । ६ मध्य मनाङले ४ खेलमा जित निकाल्दा २ खेल बराबरी खेलेको छ । मनाङलाई जिताउन विदेशी खेलाडी कोफी टिमोथी कोउडुले दुवै गोल गरेका हुन् । ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको मनाङले दोस्रो हाफमा १ गोल थपेको थियो । पराजित भएको फ्रेन्ड्स भने ४ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ