नेपाल आईस हक्की संघ कास्कीको अध्यक्षमा पौडेल



पोखरा । नेपाल आईस हक्की संघका अध्यक्ष तथा वाग्मती प्रदेशका सभामुख भुवन पाठकले पर्यटकीय शहर पोखरामा आईस हक्कीको प्रचुर सम्भावना रहेको बताएका छन् ।

उनले विश्वका धेरै राष्ट्रहरुमा आईस हक्की लोकप्रिय खेलको रुपमा स्थापित भइसके पनि नेपालमा केहीवर्ष यता मात्र आईस हक्कीको प्रचार प्रसार विकास भइरहेको बताए ।

बिहीबार पोखरामा आयोजित नेपाल आईस हक्की संघ कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पोखरामा छिट्टै आईस हक्कीको लागि स्टेडियम बनाउन पहलहरु भइरहेको बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष विजय खड्काले काठमाडौं र पोखरामा आईस हक्कीको लागि स्टेडियम बनाउने जग्गाको निरीक्षण र खोजी भइरहेको उल्लेख गर्दै केहीवर्षमै आईस हक्की नेपालमा लोकप्रिय खेल बन्नेमा आफू आशावादी रहेको बताए ।

अधिवेशनमा कास्की खेलकुद विकास समितिका उपाध्यक्ष विजय बहादुर भण्डारी, पर्यटन व्यवसायी अर्जुन खनाल लगायतले सम्बोधन गरेका थिए । संघको कास्की जिल्ला अधिवेशनले वीरेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय नेपाल आईस हक्की कास्की जिल्ला कार्य समिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा मिलन केसी., महिला उपाध्यक्षमा ईश्वरी चापागाईं, सचिवमा पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा सन्तोष घिमिरे र सदस्यहरुमा मनिष केसी., अमृत आचार्य, किरण गुरुङ र नसिव गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ