रियल कोपा डेल रेको फाइनलमा



काठमाडौं । बार्सिलोनामाथि शानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा ४–० को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो । सो जीतमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक गरेका थिए भने  भिनिसियस जुनियरले एक गोल थपे ।

कप्तान बेन्जेमाको पासमा पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने दोस्रो हाफको ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

साथै, त्यसको ८ मिनेट पछि अर्थात ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत थप गोल गर्दै रियल ३–० को फराकिलो अग्रतामा खेल लगिदिए । त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले आफनो ह्याट्रिक पूरा गर्दै रियललाई फाइनलको सिट सुरक्षित गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ