राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई तिलोत्तमा नगरपालिकाद्वारा सम्मान



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरि नेपाललाई विजयी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल र यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई आइतबार सम्मान गरिएको हो ।

नगरपालिकाले तीनैजना खेलाडीलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्वकप छनोट खेल्न पाउने भएको छ भने यू–१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् ।

कार्यक्रममा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज