आईसीसी एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार



काठमाडौं । गत साता एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको नेपालले आईसीसी एकदिवसीय वरीयतामा एक स्थान सुधार गरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपालले एक स्थान सुधार गरेको हो ।

नेपालले ओमानलाई पछि पारेको छ । पछिल्लो एक वर्षमा खेलेका ४० एकदिवशीयमा नेपालले १२३८ अंक जोडेको छ भने ३१ रेटिङ प्वाइन्ट पाएको छ । ओमानसँग समान रेटिङ भए पनि नेपालले अंकका आधारमा उछिनेको हो ।

गएको एक महिनामा नेपालले १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा ११ जित निकालेको थियो । एकदिवसीय वरीयताको शीर्ष स्थानमा भारत यथावत छ । टेष्ट मान्यताप्राप्त १३ देशहरु सुरुवाती १३ वरीयतामा रहँदा नेपालभन्दा अगाडि रहेको एशोसिएट टोली नेदरल्याण्ड्समात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ