फ्रेन्च लिगमा पिएसजीको चौथो हार



काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० ले पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो ।

पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि पिएसजी खेलमा सुरुमा नै पछि पर्यो भने पहिलो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा  मुइनगाले थप गोल गरे, जुन गोल नै पिएसजीलाई समग्र खेलको चौथो हारका लागि काफी भयो । अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न नसक्दा पिएसजीको केही लागेन ।

यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत नै छ भने पिएसजीलाई चौथो हार दिएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने