म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश



एजेन्सी । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वार्टरफाइनलमा च्याम्पियनसीप क्लब बर्निललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।

सिटीको जितमा हालान्डले ३२ औँ, ३५ औँ तथा ५९ औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जुलियन अल्भारेजले ६२ औँ तथा ७३ औँ मिनेटमा दुई गोल गर्दा कोल पाल्मरले ६८ औँ मिनेटमा एक गोल गरे ।

यससँगै नर्वेजियन खेलाडी हालान्डले यस सिजनमा ४२ गोल पूरा गरिसकेका छन् । इंग्लिस क्लबका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न हालान्डलाई अब केवल दुई गोल आवश्यक छ । उनले जारी सिजनमा ६ वटा ह्याट्रिक पूरा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ