एलजी एकतालाई शीतलज्योति कप फुटबलको उपाधि



पोखरा । पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शीतलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजी एकताले जितेको छ ।

शीतलज्योति युवा क्लब पोखरा–१२ को आयोजनामा अमरसिंह चौरमा यही फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रत्न सेवा समाजलाई सडन डेथमा पराजित गरी एलजी च्याम्पियन बनेको हो ।

उपाधि विजेता एलजीले एक लाख ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता रत्नले ८५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

खेलको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा समेत समान तीन–तीन गोल भएपछि टाइब्रेकरको सडेन डेथमा ७–६ मा एलजी च्याम्पियन बन्यो ।

सडेन डेथमा रत्न समाजका गोलरक्षक विश्वास पौडेलको प्रहार क्रसबारमा लागेर फर्कियो । एलजीका गोलरक्षक कृष्ण गुरुङले सडेन डेथमा गोल गरी टोलीलाई उपाधि दिलाउन सफल भए ।

प्रतियोगितामा इ–लाइट फुटबल क्लब अनुशासित टोली घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद आठ हजार पुरस्कार पायो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए ।

उनले माउण्टेन वाइक पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रत्न समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा रत्नका नकुल तामाङ, उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए ।

सर्वाधिक गोलकर्ताको उपाधि तारा एफसीका मनिस थापामगरले पाएका छन् । उनीहरु सबैले जनही पाँच हजारका साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।

विजयी खेलाडीलाई नेपाल सेभेन ए साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लबका अध्यक्ष नरप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा