ए डिभिजन लिगमा खुमलटारलाई हराउँदै थ्री स्टारको पहिलो जित



काठमाडौं । खुमलटार युथ क्लवलाई हराउँदै थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार भएको खेलमा थ्री स्टारले खुमलटार युथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जित अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन् ।

पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेलेपनि स्कोर गर्न भने असफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको थ्रीस्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए ।

यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा