पपुवा न्युगिनीले युएईलाई हरायो



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १९० रनमा समेटियो ।

युएईका लागि आर्यान लाक्राले ५१ रनको योगदान दिए । तेस्तै कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९ र १९ रन बनाए ।

पपुवा न्युगिनीका राईली हेकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई र दुई विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान एक र एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई ४६ रन बनाएको थियोे । पपुवा न्युगिनी लागि सेसे बाउले ८१ रनको योगदान दिए भने किप्लीन डोरिगाले ५५ तथा हिरी हिरीले ७७ रन जोडे ।

युएईका लागि आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले समान दुई र दुई विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक र एक विकेट लिए ।

विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप लिग दुईमा पपुवा न्युगिनी ३४ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ । यस हारसँगै युएई ३३ खेलमा ३१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा