ए डिभिजन लिगमा जावलाखेल र आर्मी विजयी



काठामाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो ।

यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरायो । यसअघि जावलाखेलले पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको थियो ।

जाउलाखेलको जितमा कप्तान सीमान्त थापा र विदेशी खेलाडी फोडे फोफानाले समान एक–एक गोल गरे । यता एनआरटीका लागि भने सञ्जीव विष्टले एक गोल फर्काए । खेलको ६८औँ मिनेटमा सीमान्तले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७७औँ मिनेटमा फोफानाले गोल गरेपछि जावलाखेलले २–० गोलअन्तरको अग्रता बनायो ।

त्यस्तै खेलको ८०औँ मिनेटमा एनआरटीका सञ्जीवले गोल गरे पनि जावलाखेल २–१ ले विजयी भयो । जितसँगै जावलाखेलले दुई खेलमा छ अङ्क जोडेको छ । एनआरटीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एनआरटी सातदोबाटो युथ क्लबसँग पराजित भएको थियो ।

यसैगरी सातदोबाटोस्थित च्यासल खेलमैदानमा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । आर्मीले मच्छिन्द्रलाई २–० ले पराजित गरेको हो । आर्मीको जितमा दीपक गुरुङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

खेलको ४८औँ मिनेटमा दीपकले हेडरमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ५९औँ मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई २–० को सहज जित दिलाए । यस जितसँगै आर्मीले दुई खेलमा चार अङ्क जोडेको छ । आर्मीले पहिलो खेलमा सङ्कटा क्लबसँग बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा