नेपालसँग प्यालेस्टाइन ६–० ले पराजित
काठमाडौं । नेपालले एएफसी यू–२० महिला एसियन कप–२०२४ छनोटको पहिलो खेलमा घरेलु टिम प्यालेस्टाइनलाई ६–० ले पराजित गरेको छ । प्यालेस्टाइनस्थित फैसल अल–हुसेइनी रंगशालामा बुधबार भएको खेलमा दीपाले चार गोल गरिन् । यस्तै, गरिमा राईले दुई गोल गरिन् । खेलको २१औं मिनेटमा दीपाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
२९औं मिनेटमा गरिमाले नेपालको अग्रता दोब्बर पारिन्। पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो। ६७औं मिनेटमा दीपाले गोल गर्दै नेपाललाई ३–० को अग्रतामा राखिन् ।
७५औं मिनेटमा दीपाले ह्याट्रिक गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्याइन् । ८२औं मिनेटमा गरिमाले नेपालका लागि पाँचौ गोल गरिन्। यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा दीपाले चौथो गोल गर्दै टिमको अग्रतालाई ६–० मा पुर्याइन् । नेपालले अब आइतबार नर्थन मारियाना आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।