उपमेयर रनिङ कपको उपाधि आठराई त्रिवेणीलाई



ताप्लेजुङ । ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो ।

विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ । रनिङ कप एक सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ ।

यता उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने ५५ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै प्रतियोगिताको तृतीय स्थानमा रहेका सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकाको टिमलाई नगद नौ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गरे । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिता यही फागुन २१ गतेदेखि सुरु भएको थियो ।

प्रतियोगितामा जिल्लाको मैवाखोला गाउँपालिकाबाहेकका सबै स्थानीय तहबाट खेलाडी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा