ए डिभिजनमा सातदोबाटो र हिमालयन शेर्पा विजयी



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । बुधबार सातदोबाटो युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई र हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई हराउँदै विजयी भएका हुन् ।

च्यासल मैदानमा भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई एक–शून्य गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोको जितमा विलियम एसिडुले गोल गरे । यस जितसँगै सातदोबाटोले दुई खेलमा छ अङ्क जोडेको छ । सातदोबाटोले पहिलो खेलमा न्युरोड टिम (एनआरटी) लाई हराएको थियो ।

एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्री स्टार क्लबलाई हराएको थियो । यस्तै दशरथ रङ्गशालामा भएको खेलमा पुलिसलाई एक–शून्य गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित प्राप्त गरेको हो ।

हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे । जितसँगै हिमालयनले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग एक–एक गोलको बराबरी खेलेको थियो ।

पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले दुई खेलमा अङ्क जोड्न सकेको छैन । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा