लिखुलाई नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि



त्रिशूली । नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो ।

प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पार्यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिइन् ।

उपाधि बिजेता पालिका र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ बिधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा