सातदोबाटोले जित निकाल्दा सकंटा र आर्मी बराबरीमा



काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १–१ अंक बाडेका छन् ।

यस्तै आइतबार नै ललितपुरको च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको ४५ औं मिनेटमा दीपक राज ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा निकोलस सङले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । यस जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा