क्यामरुनी क्लबलाई २३औँ बुढासुब्बा गोल्डकपको उपाधि



धरान । धरानमा जारी २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ ।

धरान १६ स्थित रङ्गशालामा शनिबार भएको फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटिसीका निशान लिम्बूले नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए ।

त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुदैं नगद १० हजार पुरस्कार हात पारे । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित भए । विजेता तथा उपविजेता खेलाीलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेटल प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा