संकटालाई लिनिङले ७ लाख रुपैयाँ बराबरको खेल सामग्री दिने
काठमाडौं । ए डिभिजन लिगका लागि संकटा क्लबलाई यु क्यान ब्रान्डको चाइना ट्रेड लिंक प्रालिको लिनिङले जर्सीसहित खेल सामग्री प्रायोजन गरेको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गरी लिनिङसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गरेका छन्।
क्लब र चाइना ट्रेड लिंक प्रालिबीच एक वर्षको सम्झौता भएको हो । सम्झौताअनुसार चाइना ट्रेड लिंक प्रालिले क्लबलाई करिब ७ लाख रुपैयाँ बराबरको खेल सामग्री दिनेछ । स्टाइलिङ पार्टनरमा निल डेभिड युनिसेक्स सैलुन छ। एक वर्षको सम्झौताअनुसार खेलाडीलाई निल डेभिडले हेयर कटलगायत सुविधा दिनेछ । क्लबले यो सिजनको लागि २ करोड ४० लाख रुपैयाँ खर्च गर्न लागेको छ ।