प्रिमियर लिगमा आर्सनलको जित



इङलिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीविरुद्ध संर्घषपूर्ण जित हासिल गरेको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० ले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा गोल गरेको थियो । आर्सनलको जितमा ब्राजिलका ग्राबियल मार्टिनेलीको निर्णायक गोल गरे। दोस्रो हाफको पहिलो मिनेटमै मार्टिनेलीले लिआन्ड्रो ट्रोसार्डको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनलले जित पक्का गरेको हो । जितसँगै २४ खेलबाट शीर्ष स्थानको आर्सनलले ५७ अंक बनाएको छ। एक खेल बढी खेलेको म्यानचेष्टर सिटीको ५५ अंक छ । गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले वर्नमाउथविरुद्ध ४–१ को फराकिलो जित हासिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा