त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा



झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा गोलरिहत बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयको ११औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै सङ्कटालाई आर्मीले १–० ले पराजित गरेको हो । जितसँगै आर्मीले उपाधिका लागि मच्छिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मङ्गलबार खेल्ने छ ।

आजको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मच्छिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा