प्रिमियर लिगमा टोटेनह्यामसँग वेस्टह्याम पराजित



काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

म्याचेस्टर युनाइटेडको जितमा मार्कस राशफोर्डले दुई गोल गरे भने जडन सान्चोले एक गोल गरे । तेस्रो स्थानमा रहेको म्याचेस्टर युनाइटेडले जितसँगै ४९ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ५२ अङ्कसहित दोस्रो स्थानमा छ भने ५४ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ ।

लेस्टर सिटी २४ अङ्कसहित १४औँ स्थानमा छ । यस्तै, गएरातिकै अर्को खेलमा टोटेनह्यामले वेस्टह्यामलाई २–० गोल अन्तरले हराएको छ । टोटेनह्यामका लागि इमरसन रोयल र सन हिउन्ग–मिनले एक÷एक गोल गरे । अङ्क तालिकाको चौथो स्थानमा रहेको टोटेनह्यामको ४२ अङ्क छ। वेस्टह्याम २० अङ्कसहित १८औँ स्थानमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले